हसिनाको स्वदेश फिर्ती माग गर्दै बङ्गलादेशमा प्रदर्शन
काठमाडौं । बङ्गलादेशमा चरम आन्दाेलन चलिरहेका बेला आवामी लिगका नेता, कार्यकर्ता र उनका समर्थकहरूले शेख हसिनाको स्वदेश फिर्तीको माग गर्दै ढाकामा सडक अवरुद्ध पारेर प्रदर्शन गरेका छन्। उक्त प्रदर्शनमा सेनाका जवानमाथि हमला भएको छ ।
गोपालगञ्ज क्षेत्रमा सेनाको गाडीमा हमला भएको हाे । शनिबार साँझ भएकाे घटनामा एक बच्चासहित २ जनालाई गोली लागेको छ । ढाका ट्रिब्यूनमा छापिएको समाचार अनुसार यस घटनामा सेनाका जवान, पत्रकार र स्थानीयसमेत १५ जान घाइते भएका छन् । घटनामा कसैको मृत्यु भने भएको छैन ।
सेनाका जवानले सडक खुलाउन अनुरोध गरेपछि प्रदर्शनकारीहरूको भिडले उनीहरूमाथि ढुंगा, इट्टा फ्याक्न सुरु गरे । भिडलाई तितरबितर पार्न सेनाका जवानले पछि लाठीचार्ज गरेको थियो । यसको जवाफमा प्रदर्शनकारीहरूले सेनाको गाडीमा तोडफोड गरेर आगो लगाइदिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००