विद्युत् प्राधिकरणको आम्दानी १ खर्ब १६ अर्ब नाघ्यो, कुल सम्पत्ति कति ?

भक्तपुर न्यूज

२५ साउन २०८१ १०:५३

विद्युत् प्राधिकरणको आम्दानी १ खर्ब १६ अर्ब नाघ्यो, कुल सम्पत्ति कति ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्धक निर्देशक कुलमान घिसिङले अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्नु प्राधिकरणका लागि थप चुनौतीपूर्ण रहेको बताएका छन् ।

शुक्रबार नेपाल विद्युत् प्राधिकरणले विगत एक वर्षमा गरेका काम कारबाही र समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक घिसिङले चुनौतीको समाधान गरी आगामी दिनमा मुलुकभरका नागरिकलाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न नाफासहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिवद्धतासमेत व्यक्त गरे ।

उनले प्राधिकरणको आम्दानी १ खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति ८ वर्षअघि २ खर्ब ११ अर्ब रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपैयाँ जानकारी पनि दिए । प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मूल्यांकन गरेको र जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको उनको विश्वास छ ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको निर्देशक घिसिङको दाबी छ ।

उनले सुक्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो हुने भन्दै गत आर्थिक वर्षमा भारतबाट १ अर्ब ९१ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको जानकारी दिए ।

सन् २०३५ भित्रमा २८ हजार मेगावट विद्युत् उत्पादनको लक्ष्यसहितको सरकारको कार्ययोजना पूरा गर्न प्राधिकरण क्रियाशील रहने घिसिङले प्रतिबद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *