फिल्म ‘के घर के डेराः घर नम्बर २’ को छायांकन सुरू

भक्तपुर न्यूज

२५ साउन २०८१ ७:२०

फिल्म ‘के घर के डेराः घर नम्बर २’ को छायांकन सुरू

काठमाडौं । निर्देशक दीपेन्द्र के. खनालले आफ्नो आगामी फिल्म ‘के घर के डेराः घर नम्बर २’ को छायांकन सुरू गरेका छन्। शुक्रबार काठमाडौंको एक मन्दिरमा शुभसाइत गर्दै छायांकन सुरू गरिएको हो। फिल्मलाई काठमाडौंमै खिचिने छ।

यो फिल्ममा स्टार कलाकारहरूको जमघट छ। अभिनेतामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल छन् भने अभिनेत्रीहरू केकी अधिकारी, उपासना सिंह ठकुरी र सिर्जना नापितले शीर्ष भूमिकामा अभिनय गर्दैछन्। सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको कथा साहित्यकार बुद्दिसागरले लेखेका हुन्।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्मातामा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ छन्। कार्यकारी निर्माता युवराज कार्की हुन्। फिल्मलाई यही वर्ष प्रदर्शनमा ल्याइने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *