पोर्चुगलका फुटबल खेलाडी पेपेले गरे सन्यासको घोषणा
काठमाडौं । पोर्चुगलका फुटबल खेलाडी पेपेले ४१ वर्षको उमेरमा सन्यासको घोषणा गरेका छन् । पेपेले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । ब्राजिलमा जन्मेका उनले पोर्चुगलका लागि एक सय ४१ खेल खेलेका छन् । कप्तान क्रिस्टियानो रोनाल्डोले दुई सय ११ र जोआओ माउटिन्होले एक सय ४६ खेल खेलेका छन् ।
सन् २०१६ को युरो कपको फाइनलमा आयोजक राष्ट्र फ्रान्सलाई १–० ले पराजित गर्दै पोर्चुगलले पहिलो उपाधि जितेको थियो । यो प्रतियोगितामा पोर्चुगलको टोलीमा पेपे, रोनाल्डो र माउटिन्हो थिए। रोनाल्डोले रियल मड्रिडका आफ्ना पूर्वसहकर्मी पेपेलाई एक्समा बधाई दिएका छन् ।
आफ्नो क्लब क्यारियरमा पेपेले २००७–१७ को बीच रियलबाट तीन च्याम्पियन्स लिग र तीन स्पेनिस लिग जिते । उनको अन्तिम क्लब पोर्टो थियो, जुनमा उनी २०१९ मा आबद्ध भएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३