अन्तरिम सरकारका कार्यभार सम्हाल्न युनुस ढाकामा , भने-‘बंगलादेश दोस्रोपटक स्वतन्त्र भयो’

भक्तपुर न्यूज

२४ साउन २०८१ ११:२४

अन्तरिम सरकारका कार्यभार सम्हाल्न युनुस ढाकामा , भने-‘बंगलादेश दोस्रोपटक स्वतन्त्र भयो’

काठमाडौं । बंगलादेशमा अन्तरिम सरकारका प्रमुख नोबेल पुरस्कार विजेता मुहम्मद युनुस कार्यभार सम्हाल्न बिहीबार ढाका पुगेका छन् । उनी ढाका एयरपोर्टमा जहाजबाट उत्रिएका छन् । बंगलादेश पुग्नेबित्तिकै उनले अब देशमा कयौँ काम गर्नुपर्ने बताएका छन् ।

उनले बीबीसीसँगको कुराकानीका क्रममा बंगलादेशका जनता उत्साहित रहेको पनि बताए । प्राध्यापक युनुसलाई अन्तरिम सरकारको मुख्य सल्लाहकारका रुपमा सम्बोधित गरिने छ । उनलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिन, सैन्य अधिकारी र विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व सुम्पिने निर्णय गरेका हुन्।

बंगलादेशी विद्यार्थीहरूले सैन्य नेतृत्वको सरकार नस्वीकार्ने बताएका थिए। तर विद्यार्थीहरूले युनुसको नेतृत्वमा बन्ने सरकार स्वीकार्ने बताएका थिए । मोहम्मद युनुसले पत्रकारसँगको कुराकानीका क्रममा आफूलाई बंगलादेशले दोस्रो पटक स्वतन्त्रता पाए जस्तै महसुस भएको बताए ।

मोहम्मद युनुसले बंगलादेशमा कानुन व्यवस्था बहाली गर्न अपील पनि गरेका छन् । उनले पछिल्ला केही दिनयता देशमा उथल-पुथलको माहोल देखिएको भन्दै अब सम्हाल्ने बेला आएको बताए । गत जुनदेखि सुरू भएको आरक्षण विरोधी प्रदर्शनमा अहिलेसम्म करिब साढे ३ सय जना मारिएका छन् । अर्कातिर बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले पनि राजीनामा दिएर देशबाट भाग्नुपरेको छ । अहिले उनी भारतको शरणमा छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *