बंगलादेशका हिन्दू अल्पसंख्यक भारतमा शरणको खोजीमा
काठमाडौं । विद्यार्थी विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको केही दिनपछि सुरक्षाको समस्या देखाउँदै बङ्गलादेशका सयौँ हिन्दू अल्पसंख्यक र नरम रुझानका मुसलमान नागरिक भारत प्रवेशका लागि भारत–बङ्गलादेश सीमामा भेला भएके बिहीबार सुरक्षा अधिकारीहरूले बताएका छन् ।
हसिनाको निष्कासनपछि मुस्लिम बहुल बङ्गलादेशका केहीले उनीसँगको निकट सम्बन्धको आशङ्कामा हिन्दूरूको स्वामित्वमा रहेका केही व्यवसाय र घरहरूमाथि आक्रमण गरेका थिए । “सयौँ बङ्गलादेशी नागरिक प्रायः हिन्दूहरू, बङ्गलादेशसँगको भारतको सिमानामा भेला भएका छन्,” भारतको सीमा सुरक्षा बल (बीएसएफ) का उप–महानिरीक्षक अमितकुमार त्यागीले बताए ।
पश्चिमबङ्गाल राज्यको भारतीय सीमाक्षेत्रको अन्तिम विन्दुमा दुई सय जना र पश्चिमबङ्गाल राज्यको जलपाईगुडी जिल्लामा ६०० भन्दा बढी भेला भएका त्यागीले बताए । “दुई देशबिचको सीमामा कुनै पर्खाल नभएको कारण बीएसएफका जवानले भीडलाई टाढा राख्न मानव ढाल निर्माण गरेका थिए । अधिकारीहरूले सीमा क्षेत्रबाट भीड पन्छाउन हवाई फाएर गरेका थिए”, उनले भने ।
सन् २००९ देखि सत्तामा रहेकी ७६ वर्षीया हसिनाले एक महिनाभन्दा बढी चलेको आक्रामक विरोध प्रदर्शनपछि सोमबार राजीनामा दिएकी हुन् । त्यसपछि बङ्गलादेशको सुरक्षा स्थितिमा सुधार भएको छ तर उनका समर्थक र पार्टीका अधिकारीमाथि प्रतिरोधस्वरूप आक्रमण भएको खबर आएको छ । बङ्गलादेश हिन्दू, बौद्ध, क्रिश्चियन, युनिटी काउन्सिलले यस हप्ताको सुरुमा सोमबार कम्तीमा १० वटा हिन्दू मन्दिरहरूमा आक्रमण भएको जनाएको छ ।सोमबार कम्तीमा १० वटा हिन्दू मन्दिरहरूमा आक्रमण भएको जनाएको छ ।