बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिने

भक्तपुर न्यूज

२४ साउन २०८१ ८:४९

बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिने

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले आज शपथ लिने भएको छ । बङ्गलादेशको सेनाका प्रमुख वाकर उज जमानले डा, मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिने जानकारी दिएका हुन्। सेना प्रमुख जमानले अन्तरिम सरकार १५ सदस्यीय हुने बताएका छन्। साथै उनले बङ्गलादेशमा ३-४ दिन भित्र पूर्ण रूपमा शान्ति बहाल हुने बताएका छन् ।

उनले देशमा पछिल्ला दिनहरूमा लुटपाट र तोडफोडका घटनाहरूमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउने बताउँदै देशमा शान्ति बहाल गर्न एयर फोर्स र नाभीले मिले काम गरिरहेको समेत जानकारी दिए।

उनले अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका युनुससँग आफूले कुरा गरेको र उनको नेतृत्वमा देश छिट्टै प्रजातान्त्रिक प्रक्रियामा फर्किने विश्वास व्यक्त गरेका छन्। गत सोमबार शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेपछि अनिश्चित बनेको बङ्गलादेशको राजनीति अब बिस्तारै ट्र्याकमा आउने देखिएको छ।

आन्दोलनरत विद्यार्थीहरूको माग बमोजिम राष्ट्रपति मुहमद शाह्बुद्दीनले संसद् भङ्ग गरेर नोबेल पुरस्कार विजेता डा. युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *