काठमाडौं महानगरले दियो नेपाली महिला भलिबल खेलाडीलाई जनही एक लाख
काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता बनेको नेपाली टिमका सबै सदस्यलाई बिहीबार जनही एक लाख रुपैयाँसहित सम्मान गरेको नेपाल भलिबल संघले जनाएको छ ।
नेपाली टिम बुधबार भएको फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित भएपछि उपविजेतामा सीमित बनेको हो । महानगरका प्रमुख बालेन साह फाइनल खेल हेर्न दशरथ रंगशालाको कभर्ड हल पुगेका थिए । पाँच सेटमा भएको खेल निक्कै अभिरूचिपूर्वक हेरेका थिए । नेपाली महिला खेलाडीले भलिबल राम्रो खेलेकाले उनीहरूको कदरस्वरूप काठमाडौं महानगरले नगदसहित सान्त्वना र हौसला प्रदान गरेको बताइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२४ भदौ २०८१ ९:३४
भक्तपुरमा साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने
२३ भदौ २०८१ ५:५५
दयाहाङ र मिरूना अभिनीत फिल्म ‘नांगो गाउँ’ युट्युब ट्रेन्डिङमा
२३ भदौ २०८१ ८:३०
बलिउड अभिनेत्री दीपिका बनिन् आमा
२५ भदौ २०८१ ६:३२