पेरिस ओलम्पिकमा २७ स्वर्णसहित अमेरिका शीर्षमा, १२६ देशले खातै खोलेनन्

भक्तपुर न्यूज

२४ साउन २०८१ ४:५२

पेरिस ओलम्पिकमा २७ स्वर्णसहित अमेरिका शीर्षमा, १२६ देशले खातै खोलेनन्

काठमाडौं । फ्रान्सको पेरिसमा जारी ओलम्पिकमा १२औँ दिनको खेल सकिँदासम्म अमेरिका २७ स्वर्ण पदकसहित शीर्ष स्थानमा छ । उनले हालसम्म २७ स्वर्ण ३५ रजत र ३२ कास्यसहित कुल ९४ पदक जितेको छ ।

यस्तै, दोस्रो स्थानमा रहेको चीनले २५ स्वर्ण, २३ रजत र १७ कास्यसहित कुल ६५ पदक जितेको छ । तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले अहिलेसम्म १८ स्वर्ण, १२ रजत र ११ कास्यसहित कुल ४१ पदक जितेको छ ।

आयोजक फ्रान्स यो सूचीको चौथो स्थानमा छ । उसले १३ स्वर्णसहित कुल ५१ पटक जितेको छ । १२ स्वर्ण १७ रजत र २० कास्य जितेको ग्रेट ब्रिटेन पाँचौं स्थानमा छ । दक्षिण कोरिया, जापान र इटाली क्रमशः छैठौं, सातौं र आठौं स्थानमा छन् ।

बुधबारसम्म सहभागी २ सय ६ मध्ये ५३ देशले कम्तीमा एक स्वर्णपदक जितेका छन् । ८० देशले पदकको खाता खोलेका छन् । १० हजार ७ सय १४ खेलाडी सहभागी ओलम्पिकको समापन आगामी आइतबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *