‘के घर के डेराः घर नम्बर–२’मा निश्चल बस्नेत अनुबन्ध

भक्तपुर न्यूज

७ साउन २०८१ ८:२७

‘के घर के डेराः घर नम्बर–२’मा निश्चल बस्नेत अनुबन्ध

काठमाडौं । चलचित्र ‘के घर के डेरा’को सिक्वेल ‘घर नम्बर २’मा निर्देशक एवं कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् । चलचित्रका निर्देशक दीपेन्द्रकुमार खनालका अनुसार उनी चलचित्रको मुख्य भूमिकाका लागि अनुबन्ध भएका हुन् । निर्माण पक्ष र निश्चलबीच कागजी सम्झौता भइसकेको छ ।

केही दिनअघि चलचित्रको मुख्य भूमिकामा अभिनेता खगेन्द्र लामिछाने अनुबन्धित भएका थिए । आगामी साउन २५ गतेबाट छायांकन सुरु गर्न लागिएको चलचित्रका लागि अझै केही कलाकार छनोटको काम बाँकी रहेको निर्देशक खनालले जानकारी दिए । सामाजिक कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने तयारी गरिएको निर्देशक खनालले बताए ।

उपन्यासकार बुद्धिसागरले यो चलचित्रको स्क्रिप्ट लेखिरहेका छन् । पहिलोपटक उनको लेखनमा चलचित्र बन्न लागेको हो । चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माता छन् भने युवराज कार्की कार्यकारी निर्माता हुन् ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको प्रस्तुतिमा बन्न लागेको ‘के घर के डेरा २’ लाई काठमाडौं उपत्यकाभित्र रिच इन्टरटेन्मेन्ट तथा उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछन् । यो चलचित्र २०७९ सालमा आएको ‘के घर के डेरा’को ‘सिक्वेल’ हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *