कर्णालीमा माओवादीका मन्त्रीले दिए राजीनामा
काठमाडौं । कर्णालीमा नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी चार मन्त्रीले राजीनामा दिएका छन् ।
सोमबार राजीनामा घोषणा गरे लगत्तै उनीहरुले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा पत्र बुझाएका हुन् ।
माओवादीको तर्फबाट अर्थमन्त्रीको जिम्मेवारीमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगमा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए । यी चारजना मन्त्री गत वैशाख १८ मा मन्त्रीमा नियुक्त भएका थिए ।
मन्त्रीहरुले राजीनामा दिनुअघि संयुक्त पत्रकार सम्मेलन गरेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
