बहादुरसिंह लामालाई नयाँ मुख्यमन्त्रीका लागि अघि सार्ने कांग्रेसको सर्वसम्मत निर्णय

भक्तपुर न्यूज

६ साउन २०८१ ७:२२

बहादुरसिंह लामालाई नयाँ मुख्यमन्त्रीका लागि अघि सार्ने कांग्रेसको सर्वसम्मत निर्णय

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि बहादुरसिंह लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ ।

आइतबार बिहान हेटौंडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

योसँगै प्रदेशमा उनी कांग्रेसबाट पहिलो मुख्यमन्त्री बन्ने पक्का भएको छ । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता साझेदारीको सहमति गरेसँगै बागमति प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति बनेको थियो ।

बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । लामा बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता समेत हुन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । अंकगणितीय प्रतिकूलताका बिच संसद् फेस गर्ने निर्णयमा पुगेका मुख्यमन्त्री जम्कट्टेलले मत विभाजनसहित विश्वासको मतको प्रक्रिया टुङ्गाउने भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *