सरकारको कार्यसम्पादन अघि बढाउनका सुझाव दिन राजनीतिक दलहरूलाई आग्रह

भक्तपुर न्यूज

४ साउन २०८१ ११:२२

सरकारको कार्यसम्पादन अघि बढाउनका सुझाव दिन राजनीतिक दलहरूलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्यसम्पादन अघि बढाउनका सुझाव दिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन्। शुक्रबार सिंहदरबारमा एमालेको सुझाव–पत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुले विरोधमात्रै नभई सरकारको कार्यसम्पादन अघि बढाउनका लागि समाधानका उपायसहितको सुझाव दिन आग्रह गरेका हुन्।

उनले सरकारलाई अघि बढाउने विषयमा दलहरूका सुझाव मूल्यवान हुने धारणा राखे । ओलीले सरकारको ध्यान समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा केन्द्रीत रहेको बताए। आगामी विक्रम सम्वत २१०० अर्थात् १९ वर्षमा समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पूरा गर्ने लक्ष्यका अघि बढ्ने उनले बताए।

सो क्रममा एमालेका महासचिव शंकर पोखरेलले एमालेका २८ वटा विभागबाट प्राप्त सुझावहरु प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेका थिए। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुशासन, आर्थिक क्षेत्रको सुधार, मौलिक अधिकार स्थापीतलगायतका विषयमा ध्यान केन्द्रीत गर्न सुझाव दिएका थिए।

एमालेले पार्टीले दिएका सुझावहरूको अध्ययन र कार्यान्वयनले जनतामा आशा र भरोसा जगाउन महत्वपूर्ण योगदान हुने विश्वास लिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *