अक्षय कुमार स्टारर फिल्म ‘सरफिरा’ को बक्सअफिसमा कमजोर व्यापार

भक्तपुर न्यूज

३ साउन २०८१ ९:००

अक्षय कुमार स्टारर फिल्म ‘सरफिरा’ को बक्सअफिसमा कमजोर व्यापार

काठमाडौं । अक्षय कुमार स्टारर बलिउड फिल्म ‘सरफिरा’ ले बक्सअफिसमा कमजोर व्यापार गरेको छ। गत शुक्रबार रिलिज भएको यस फिल्मले घरेलु बक्सअफिसमा नेट १७‍.४० करोड भारतीय रुपैयाँ मात्र कलेक्सन गरेको छ। जुन व्यापार समग्रमा सन्तोषकजनक होइन।

पहिलो दिनदेखि नै यो फिल्मबाट निर्माताले धेरै अपेक्षा गरेका थिए तर त्यो पूरा हुन सकेन। फिल्मले पहिलो सप्ताअन्तमा राम्रो कमाइ गर्ने प्रयास गरेपनि पछिल्ला दिनमा व्यापार निकै घटेको छ। पहिलो दिन यस फिल्म साढे २ करोड भारुको ओपनिङ गरेको थियो। दोस्रो दिन ४.२५ करोड र दोस्रो दिन ५.२५ करोड रुपैयाँ कलेक्सन गरेको थियो। तर, सोमबार भने व्यापारमा ठूलो गिरावट आएको थियो।

‘सरफिरा’ ले सोमबार मात्र १.४५ करोड कमाउँदा मंगलबार १.९५ करोड संकलन गरेको थियो। यसैबीच, प्रारम्भिक तथ्यांक अनुसार फिल्मले मंगलबार करिब २ करोड कमाएको छ। योसँगै ‘सरफिरा’ ले रिलिज भएको ६ दिनमा घरेलु बक्स अफिसमा १७.४० रुपैयाँ कलेक्सन गरेको छ।

जसले हिन्दी फिल्म उद्योगको ठूला स्टार मानिने अक्षयकुमारको करिअरमा पनि ठूलो धक्का पुगेको छ। किनकी २०२१ को सूर्यवंशी पछि अक्षयको एकल हिट भएका छैनन्। सम्राट पृथ्वीराज,अतरंगी, रक्षा बन्धन, राम सेतु, सेल्फी, मिशन रानीगञ्ज, बडे मियाँ छोटे मियाँ लगायतका फिल्महरु रिलिज भए। यी फिल्म बक्स अफिसमा नराम्ररी पछारिए।

यद्यपी, पंकज त्रिपाठीसँगै अक्षयकुमारको केमियो अभिनय रहेको फिल्म ‘ओएमजी २’ भने बक्सअफिसमा सफल भएको थियो। साथै ओटीटीमा रिलिज भएको ‘कटपुतली’ ले पनि दर्शकको साथ पाएको थियो।

समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको ‘सरफिरा’ को व्यापारलाई हेर्दा फिल्मले दर्शकको खासै साथ नपाएको भन्न सकिन्छ। आगामी दिनमा फिल्मको कमाई अझै घट्ने सम्भावना रहेकोले निर्माता र स्टारकास्टको चिन्ताको विषय बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *