स्नातक तहमा इन्जिनियरिङका लागि पूर्वाञ्चल विश्वविद्यालयमा भर्ना खुला

भक्तपुर न्यूज

३ साउन २०८१ ६:०५

स्नातक तहमा इन्जिनियरिङका लागि पूर्वाञ्चल विश्वविद्यालयमा भर्ना खुला

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले शैक्षिक सत्र २०८१/८२ का लागि स्नातक तहका इन्जिनियरिङ कार्यक्रममा भर्ना खुला गरेको छ । एक सूचना जारी गर्दै विश्वविद्यालयको इन्जिनियरिङ संकायले आंगिक तथा सम्बन्धनप्राप्त कलेजहरूमा सञ्चालित स्नातक तहमा भर्ना खुलाएको हो । इन्जिनियरिङ​ अन्तर्गत सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड अटोमेसन, इलेक्ट्रिकल, जियोमेट्रिक, बायोमेडिकल र आर्किटेक्चर कार्यक्रम रहेका छन् ।

यी शैक्षिक कार्यक्रममा अध्ययन गर्न इच्छुक विद्यार्थीले ११/१२ कक्षामा म्याथ, फिजिक्स र केमेस्ट्री विषय लिई कम्तीमा ‘सी’ ग्रेड, ३ वर्षे डिप्लोमा इन्जिनियरिङ अध्ययन गरेका वा राष्ट्रिय परीक्षा बोर्ड प्राविधिकतर्फ (९-१२) का विद्यार्थीले २ सीजीपीए अथवा ४५ प्रतिशत अङ्क ल्याएको हुनुपर्ने छ । यस्तै ‘ए’ लेभल अध्ययन गरेका विद्यार्थीले म्याथ, फिजिक्स अथवा केमेस्ट्रीमा न्यूनतम ‘डी’ ग्रेड ल्याएको हुनुपर्ने छ ।

इच्छुक विद्यार्थीले आगामी ३२ साउनसम्म नियमित शुल्क दुई हजार र ३ भदौसम्म विलम्ब दस्तुरमा तीन हजार रुपैयाँमा आवेदन दिन सक्नेछन् । प्रवेश परीक्षा ८ भदौमा सञ्चालन हुने र परीक्षा केन्द्र पछि प्रकाशित गरिने विश्वविद्यालयले जनाएको छ ।

त्यस्तै भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशत (५ प्रतिशत जेहेन्दार र ५ प्रतिशत आरक्षित)लाई छात्रवृत्ति दिने समेत विश्वविद्यालयले जनाएको छ । हाल विश्वविद्यालय अन्तर्गत एक आङ्गिक तथा १७ सम्बन्धन प्राप्त कलेज रहेका छन् । यस विषयमा बुझ्न तथा अनलाइन आवेदन दिन यहाँ अथवा यहाँ क्लिक गर्नुहोस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *