गायिका एडेलले सङ्गीतबाट ब्रेक लिने
काठमाडौं । बेलायती गायिका एडेलले सङ्गीतबाट ब्रेक लिने भएकी छिन् । एक पछि अर्को गर्दै कन्सर्टहरू गरेपछि थाकेकी गायिकाले ब्रेक लिन लागेकी हुन् । यतिबेला आफूसँग नयाँ गीतको कुनै योजना पनि नभएको उनले बताएकी छिन् ।
यी सबै पछि आफूले लामो ब्रेक चाहेको र केही समय अरू नै सृजनात्मक काम गर्न चाहेको पनि उनले बताइन् । आफूले घरमा समेत नगुनगुनाउने उनको भनाई छ । गायिकाको पछिल्लो एल्बम सन् २०२१ मा आएको थियो ।
गएको २ वर्षयता एडेलले लास भेगासमा सप्ताहान्तमा कन्सर्ट गर्दै आएकी छिन् । यसको अन्तिम कन्सर्ट नोभेम्बरमा हुँदै छ । यी अनुभवहरू भावनात्मक रूपमा थकाइदिने खालको भएको पनि उनले बताइन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००