जाह्नवी कपूर अभिनीत फिल्म ‘उलझ’ को ट्रेलर सार्वजनिक

भक्तपुर न्यूज

१ साउन २०८१ ८:१०

जाह्नवी कपूर अभिनीत फिल्म ‘उलझ’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बलिउड अभिनेत्री जाह्नवी कपूर अभिनीत फिल्म ‘उलझ’ को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार जंगली पिक्चर्स युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा देशभक्त र प्रतिष्ठित परिवारको कथा देखाएको छ। साथै ट्रेलरमा नेपालका केही दृश्य देखाइएको छ।

सुधांशु सारिया निर्देशित फिल्ममा जाह्नवीले आईएफएस (इन्डियन फरिन सर्भिस) मा कार्यरत एक युवतीको भूमिका निर्वाह गरेकी छन्। फिल्ममा जाह्नवीसँगै गुल्शन देभैह, रोशन मथेउ, राजेश तैलाङ, अदिल हुसेन, जितेन्द्र जोशीलगायत कलाकारको अभिनय छ। फिल्मलाई जंगली पिक्चर्सले निर्माण गरेको हो। यो फिल्म २ अगस्टदेखि प्रदर्शन हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *