अफगानिस्तानमा दादुरा सङ्क्रमणबाट ६ महिनामै १ सय ६० जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानमा पछिल्लो ६ महिनामा दादुराका कारण कम्तीमा १ सय ६० जनाको ज्यान गएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
डब्ल्यूएचओको प्रतिवेदनअनुसार जनवरीदेखि जुलाईसम्मको ६ महिनामा ३६ हजार ६ सय १८ जनामा दादुरा सङ्क्रमण पुष्टि भएकोमा १ सय ६० जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमध्ये ८१ प्रतिशतभन्दा धेरै ५ वर्षमुनिका बालबालिका रहेका छन् । धेरैजसो घटनाहरू पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तमा रेकर्ड गरिएका छन् ।
दादुराबारे चेतनाको अभाव, स्वास्थ्य सुविधामा पहुँचको अभाव, बालबालिकालाई खोप नदिने र अफगानिस्तानका केही दुर्गम क्षेत्रहरूमा अफगानीहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने कारकहरू रहेका डब्ल्यूएचओको प्रतिवेदनमा भनिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ फागुन २०८१ १४:२८
चाँगुनारायणमा मिनी ट्रकको ठक्करबाट ७० वर्षीया बृद्धाको मृत्यु
२८ माघ २०८१ १६:३५
एआईजी दिपक थापा नेतृत्वको टोली फ्रान्स प्रस्थान
२६ माघ २०८१ १४:५८
दिल्लीमा केजरीवालले चुनाव हारे, भाजपाको सरकार बन्दै
२८ माघ २०८१ १६:१०