गाजाको विद्यालयमा हवाई आक्रमण हुँदा १२ प्यालेस्टाइनीको मृत्यु

भक्तपुर न्यूज

३१ असार २०८१ ८:२९

गाजाको विद्यालयमा हवाई आक्रमण हुँदा १२ प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । मध्यगाजा स्ट्रिपमा विस्थापित मानिसहरू बसेको एक विद्यालयको आवासमा इजरायली हवाई आक्रमणमा हुँदा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको छ। साथै दर्जनौं घाइते भएका छन्।

इजरायली विमानले प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघको राहत र कार्य एजेन्सी फर नेयर इस्टद्वारा सञ्चालित नुसेइराट शरणार्थी शिविरमा रहेको विद्यालयमा कम्तीमा एउटा मिसाइल प्रहार गरेको सुरक्षा स्रोतले बताएको छ।

गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायली लडाकु विमानहरूले खान युनिसको मावासी क्षेत्रमा विस्थापित मानिसहरूको पालमा बमबारी गरेको एक दिनपछि यो हमला भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *