भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् ।
मोदीले सोमबार सामाजिक सञ्जाल एक्समार्फत ओलीलाई नेपालको नयाँ प्रधानमन्त्री बनेकोमा बधाई दिएका हुन् । “केपी शर्मा ओली नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई,” मोदीले लेखेका छन् ।
सामाजिक सञ्जाल एक्समा मोदीले आगामी दिनमा पारस्परिक सहयोगलाई विस्तार गर्न अझ नजिक रहेका काम गर्न तत्पर रहेको बताएका छन् ।
“दुई देशबीचको गहिरो र प्रगाढ सम्बन्धलाई थप मजबुत बनाउन र जनताको प्रगति तथा समृद्धिको लागि पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न नजिक रहेर काम गर्न तत्पर छौँ,” मोदीले भनेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ माघ २०८१ १६:३६
भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
९ माघ २०८१ १२:५८
‘मायावी’ को गीत ‘सितारा जडेको’ सार्वजनिक
९ माघ २०८१ १४:२५
प्रधानमन्त्री ओली अस्वस्थ
८ माघ २०८१ १४:२१
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
९ माघ २०८१ १४:३०