भक्तपुरको गुण्डुमा दुई स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु, १ घाइते
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ तीनधारेमा दुई स्कुटर आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती प्रदेश–०२–०२२ प १७४८ नम्बरको स्कुटर चालक सूर्यविनायक नगरपालिका–५ कटुन्जे थापागाउँ बस्ने २२ वर्षीय राजाराम थापा मगर छन् ।
सुवर्णेश्वरबाट काठमाडौं वल्र्ड स्कुलतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०२२ प १७४८ नम्बरको स्कुटर र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०१७ प ५०१२ नम्बरको स्कुटर एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा स्कुटर चालक राजाराम थापा मगर सख्त घाइते भएका थिए ।
दुर्घटनापछि घाइते मगरलाई तत्कालै उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा सम्बन्धित चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । त्यस्तै दुर्घटनामा घाइते भएकी अर्का स्कुटर चालक गुण्डु-५ मगर गाँउ बस्ने ४९ बर्षकी पार्वती नगरकोटीको मध्यपुर अस्पतालमा उपचार भइरहेको परिसरका सूचना अधिकृत राजन कार्कीले जानकारी दिएको छ ।
घटनास्थलमा प्रहरी वृत्त जगाती बाट अनुसन्धान हधिकृत सहितको प्रहरी टोली खटाई प्रारम्भिक अनुसन्धान कार्य गरी दुबै स्कुटर नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।