शिवशिखर बहुउद्देश्यीय सहकारीको मार्ट लिलामीमा बिक्री गर्ने

भक्तपुर न्यूज

२५ असार २०८१ ६:४८

शिवशिखर बहुउद्देश्यीय सहकारीको मार्ट लिलामीमा बिक्री गर्ने

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले शिवशिखर बहुउद्देश्यीय सहकारीको मार्ट लिलामीमा बिक्री गर्ने भएको छ । सहकारी व्यवस्थापन कार्यालयले मंगलबार सूचना जारी गर्दै सहकारीको गोदावरी–१४ ठबस्थित गार्डेन मार्ट लिलामीमा बिक्री गर्ने जनाएको हो ।

सहकारीको एक रोपनी २ आना जग्गामा रहेको गार्डेन मार्टको संरचना, मार्टमा भएका सामान तथा सहकारीका फर्निचर र कम्प्युटर लिलामी बिक्रीमा राखिएको सूचनामा उल्लेख गरिएको छ ।सहकारीको उक्त सम्पत्ति सकार्न चाहने घरधनी, सहकारीका बचतकर्ता वा इच्छुकले ७ दिनभित्रमा गोप्य सिलबन्दी निवेदन बुझाउन सक्ने कार्यालयले सूचनामार्फत जनाएको छ ।

कार्यालयले लिलामी बिक्रीमा राखिएका सम्पत्तिको एकमुस्ट मूल्यांकन १ करोड १५ लाख ७८ हजार ८ सय ३५ रुपैयाँ तोकेको छ । सहकारीको उक्त सम्पत्ति लिलामी बिक्रीबाट उठेको रकम सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न प्रयोग गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *