नेदरल्याण्डसँग खेल्नुअघि युलेसस्थित पशुपतिनाथ र बौद्ध विहारको दर्शन

भक्तपुर न्यूज

२२ जेठ २०८१ ६:०५

नेदरल्याण्डसँग खेल्नुअघि युलेसस्थित पशुपतिनाथ र बौद्ध विहारको दर्शन

काठमाडौैं । आइसीसी टि-२० विश्वकपमा नेदरल्याण्डसँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेका छन्। नेपाली राष्ट्रिय टिम विश्वकपमा नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नुअघि टेक्सासको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा पूजा आराधनामा सामेल भएको हो।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज टि २० विश्वकपअन्तर्गत नेदरल्याण्डसँग आफ्नो खेल खेल्दैछ। खेल नेपाली समयानुसार राति सवा ९ बजेबाट शुरु हुनेछ। पूजाआजपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल क्रिकेट संघ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल तयारीको हिसाबले सम्पूर्ण रुपमा राम्रो तयारी गरिरहेको बताए।

उनले नेपालले वेस्टइण्डिज र अमेरिकामा गरी करिव एक महिना तयारी गरिसकेको भन्दै राम्रो नतिजा निकाल्नेमा आशावादी रहेको बताए। उनले २०१४ को भन्दा धेरै गुणा राम्रो तयारी रहेको बताए। उनले खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेपछि मात्रै सबैतिरको ढोका खुल्ने बताए।

उनले खेलाडीहरूलाई उच्च मनोबलका साथ खेल्न आग्रह गरेको र सबै खेलाडीहरू उत्साहित रहेको बताए । उनले दर्शकको उपस्थिति पनि बाक्लो रहने बताए।

प्रकाशित मितिः २०८१ जेठ २२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *