बुटवल आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

भक्तपुर न्यूज

२१ जेठ २०८१ ५:५६

बुटवल आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको जिप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटना भएको हो । यस्तै ५ जना घाइते भएका छन् । मृतकको नाम ठेगाना खुलेको छैन ।

दुर्घटनामा परी घाइतेहरूलाई उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जानकारी दिएको छ । जिपमा ७ जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०८१ जेठ २१ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *