ओमानले नामिबियालाई दियो ११० रनको लक्ष्य

भक्तपुर न्यूज

२१ जेठ २०८१ ४:१७

ओमानले नामिबियालाई दियो ११० रनको लक्ष्य

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह ‘बी’ को खेलमा नामिबियासामु ओमानले ११० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। ब्रिजटाउनस्थित केनसिंग्टोन ओभलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमान २ बल अगावै १ सय ९ रन बनाउँदा अलआउट भयो।

खालिद खलिले बनाएको ३४ रन नै ओमानका लागि सर्वाधिक रह्यो। जिसन मक्सुदले २२ रन थपे। आयान खानले १५ तथा सकिल अहमदले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। ओमानलाई कम स्कोरमा रोक्न रुवेन ट्रम्पलम्यानले ४ विकेट लिए उनले ४ ओभरमा २१ रन खर्चे। डेविड वेल्सले ३ विकेट झारे। गेहार्ड इरास्मसले २ तथा वेनार्ड स्कटले १ विकेट आफ्नो नाममा गरे। नामिबियाले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।

प्रकाशित मितिः २०८१ जेठ २१ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *