दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ३१ करोडको कारोबार

भक्तपुर न्यूज

२० जेठ २०८१ १०:००

दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ३१ करोडको कारोबार

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८३ दशमलव शून्य चार विन्दुमा पुगेको छ । आज लगानी, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार, बीमा, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज मल्टीप्रपोज फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नारायणी विकास बैंकको शेयर भने नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज तीन सय ३५ वटा कम्पनीका ९६ लाख ९७ हजार कित्ता शेयर चार अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

प्रकाशित मितिः २०८१ जेठ २० आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *