आईसीसी टी–२० विश्वकप : वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएनजी)बिच भिडन्त हुँदै

भक्तपुर न्यूज

२० जेठ २०८१ ५:५६

आईसीसी टी–२० विश्वकप : वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएनजी)बिच भिडन्त हुँदै

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करणमा आइतबार आयोजक वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएनजी)बिच भिडन्त हुँदैछ । उक्त खेल क्यारेबियन राष्ट्र गुयनाको जर्जटाउनस्थित प्रोभिडेन्स स्टेडियममा खेलिने छ ।

वेस्ट इन्डिज र पीएनजीबिचको खेल नेपाली समयअनुसार, राति २०ः१५ बजे सुरु हुनेछ । आईसीसीको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा वेस्ट इन्डिज चौथो स्थानमा आसीन छ । पीएनजी भने वरीयताको २०औँ स्थानमा छ ।

टी–२० विश्वकपको नवौँ संस्करणमा खेल्न लागिएको यो दोस्रो खेल हो । यसअघि आइतबार नै डालासमा खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक अमेरिकाले क्यानडालाई सात विकेटले हराएको थियो ।

नवौँ विश्वकपमा वेस्ट इन्डिज र पीएनजी समूह ‘सी’ मा रहेका छन् । त्यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान र युगान्डा पनि छन् । वेस्ट इन्डिजले सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणदेखि नै निरन्तर रूपमा सहभागिता जनाउँदै आएको छ ।

प्रकाशित मितिः २०८१ जेठ २० आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *