बंगलादेशी सांसदको हत्या आरोपी हुसेन काठमाडौंबाट पक्राउ
काठमाडौं । बंगलादेशको सत्तारूढ दलका सासंद अनवरुल अजिम अनारकाे हत्यामा संलग्न रहेकाे आराेपमा काठमाडौंमा पक्राउ परेका छन्। बंगलादेशी सञ्चारमाध्यम ढाका ट्रिब्युनका अनुसार हत्याका मुख्य आरोपी सियाम हुसेनलाई काठमाडौंबाट पक्राउ गरिएको हाे। उनी गत बिहीबार नै पक्राउ परेका हुन्।
ढाका महानगरीय प्रहरीको डिटेक्टिभ ब्रान्च (डिबी)ले सांसद अनार अजिमको हत्यामा संलग्न रहेको आरोप लागेका अन्य अभियुक्त पनि हत्यापछि नेपाल आएको आशंका गरेकाे छ। अजिम अनार कोलकातामा हत्या गरिएको अवस्थामा फेला परेका थिए।
१२ मेमा उपचारका लागि भारत पुगेका उनी बेपत्ता भएको एक सातापछि हत्या भएकाे अवस्थामा फेला परेका थिए। अजिम अनारले अवामी लिग पार्टीबाट लगातार तीन कार्यकाल जितेका थिए।
प्रकाशित मितिः २०८१ जेठ २० आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५