वाइवाईले विश्वकपमा शतक प्रहार गर्ने खेलाडीलाई एक लाख दिने घोषणा

भक्तपुर न्यूज

२० जेठ २०८१ ५:००

वाइवाईले विश्वकपमा शतक प्रहार गर्ने खेलाडीलाई एक लाख दिने घोषणा

काठमाडौं । टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आजदेखि सुरु भएको आइसिसी टी-२० विश्वकप क्रिकेटमा शतक प्रहार गर्ने प्रत्येक नेपाली खेलाडीलाई सीजी फुड्स (नेपाल) विश्व प्रख्यात उत्पादन वाइवाइले एक लाख प्रदान गर्ने घोषणा गरेको छ ।

वाइवाइले वेष्टइन्डिज र अमेरिकामा हुने विश्वकपमा शतक प्रहार गर्ने नेपाली खेलाडीलाई एक लाख प्रदान गर्ने घोषणा गरेको हो । यस्तै प्रत्येक जितमा एक लाख ५० हजार र अर्धसतक प्रहार गर्ने नेपाली खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

प्रत्येक विकेटमा १५ हजार, हरेक छक्कामा १२ हजार, हरेक चौका ८ हजार र हरेक रनमा एक हजार रुपैयाँ वाइवाइले प्रदान गर्ने उल्लेख गरेको छ । नेपालले पहिलो खेल मंगलबार नेदरल्यान्डससंग मंगलबार खेल्नेछ ।

प्रकाशित मितिः २०८१ जेठ २० आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *