स्रोत नखुलेको एक करोड भन्दा बढी रकमसहित एकजना पक्राउ
काठमाडौं । सुनसरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ।
सुनसरीको हरिनगर गाउँपालिका-५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागी चेक गर्दा कारभित्र बोरामा लुकाइराखेको सो रकम बरामद भएको हो।
रकमसँगै कार र चालक सुनसरी जिल्ला हरिनगर गाउँपालिका-५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारीलाई सशस्त्रले नियन्त्रणमा लिएको छ। प्रारम्भिक सोधपुछमा उनले सो रकमको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ। नगद रकम, कार र चालकलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित मितिः २०८१ जेठ २० आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५