गुल्मीको रिडी–तम्घास सडकखण्ड दिनहुँ १२ घण्टा बन्द हुने
काठमाडौं । गुल्मीको रिडी–तम्घास सडक खण्ड दिनहुँ १२ घण्टा बन्द हुने भएको छ । शुक्रबारदेखि असार १६ गतेसम्म बिहान १० देखि ४ बजेसम्म र राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले शुक्रबार एक सूचना जारी गर्दै सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्ने काम भइरहेकाले बन्द हुने जनाएको छ । सो समयमा वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–रिडी सडक खण्डको रिडीदेखि राजासम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतिसँगै कालोपत्रेको काम भइरहेको छ । यसअघि चैतदेखि सडक बन्द गरेरै काम हुँदै आएको छ । सडकको केही ठाउँमा चट्टान फोर्ने र ग्रेड मिलाउने लगायतका काम बाँकी छ ।
प्रकाशित मितिः २०८१ जेठ १८ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५