दार्चुलाको तिङ्कर नाका असार ११ देखि सञ्चालनमा आउने
काठमाडौं । चीनको तिब्बतसँग जोडिएको दार्चुलाको तिङ्कर नाका आउँदो असार ११ गतेदेखि सञ्चालनमा आउने भएको छ ।
तिब्बत बुराङकाउन्टीका जनप्रतिनिधि, सुरक्षा अधिकारी र नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूसँग आज भएको दुईपक्षीय छलफलमा असार ११ गतेदेखि नाका पूर्णरूपमा सञ्चालनमा ल्याउने सहमति भएको हाे ।
सुरक्षा निकायका प्रमुखहरूले चिनियाँ सुरक्षा अधिकारीसँग सामाजिक सञ्जाल वीच्याटबाट नाका सञ्चालन गर्ने विषयमा छलफल गरेका हुन् । कोरोना महामारीका कारण २०७६ सालपछि यो नाका बन्द छ ।
प्रकाशित मितिः २०८१ जेठ १८ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२३ जेठ २०८२ ९:२२
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
२५ जेठ २०८२ १७:२७