यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर एक युवकको मृत्यु
काठमाडौं । यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर एक युवकको मृत्यु भएको छ। सुर्मा गाउँपालिका-५ सैनगाउँ गाउँका करिब ३२ वर्षीय दिपेन्द्र बोहराको धौलढुंगा भन्ने स्थानमा हिउँमा चिप्लेर बिहीबार बिहान मृत्यु भएको हो।
बुधबार श्रीमतिसहित यार्सा संकलनका लागि घरबाट हिँडेका बोहरा बिहीबार बिहान ५ बजे धौलढुंगा पुगेका थिए। बोहरा एक्कासी हिउँमा चिप्लेको स्थानीय दिपेश दमाईले जानकारी दिए। घटनास्थल सुर्माबाट एक दिनको दुरीमा पर्छ।
उनीहरू दुई साना छोरा छिमेकीलाई छाडेर यार्सा संकलनका लागि निस्केका थिए। बझाङमा अहिले यार्सा संकलनको सिजन चलिरहेको छ। लेकमा चढ्ने क्रममा धेरैले ज्यान गुमाइसकेका छन्।
प्रकाशित मितिः २०८१ जेठ १८ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
