अवैध लागूऔषधसहित चितवन र मोरङबाट तीन जना पक्राउ

भक्तपुर न्यूज

१७ जेठ २०८१ १०:५५

अवैध लागूऔषधसहित चितवन र मोरङबाट तीन जना पक्राउ

काठमाडौं । चितवनको ईच्छाकामना गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा २ किलो ९ सय २६ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ईच्छाकामना गाउँपालिका-६ पाँचकिलो बस्ने ४४ वर्षीया डल्ली गुरूङ र ५० वर्षीया रूक कुमारी क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्ने क्रममा डल्लीलाई २ किलो ७ सय ग्राम र रूकलाई २ सय २६ ग्राम गाँजासहित पक्राउ गरेको हो ।

त्यस्तै मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने ४९ वर्षीय अमर श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मितिः २०८१ जेठ १७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *