अत्यधिक गर्मी भएपछि तुलसीपुरका विद्यालयमा ५ दिन बिदा

भक्तपुर न्यूज

१७ जेठ २०८१ ७:५४

अत्यधिक गर्मी भएपछि तुलसीपुरका विद्यालयमा ५ दिन बिदा

काठमाडौं । अत्यधिक गर्मी भएपछि तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालयमा पाँच दिन बिदा दिइएको छ । केही दिनदेखि निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

उपमहानगरअन्तर्गत नगर शिक्षा समितिको बैठकबाट पाँच दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार जेठ १८ देखि २२ गतेसम्म विद्यालयमा बिदा दिइएको छ ।

बुधबार दाङको तापक्रम ३९ डिग्री सेल्सियस मापन भएको थियो । दाङको राप्ती गाउँपालिकाले पनि अत्यधिक गर्मी बढेपछि आज र भोलि दुई दिन विद्यालयमा बिदा दिएको छ ।

प्रकाशित मितिः २०८१ जेठ १७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *