आउँदो आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

भक्तपुर न्यूज

१५ जेठ २०८१ ११:०३

आउँदो आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

आउँदाे आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्ष नयाँ गन्तव्यको पहिचान र विकाससमेत गरी १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको जानकारी गराउनुभएको हो । अघिल्लो आर्थिक वर्ष १० लाख पर्यटक नेपाल आएका थिए ।

सरकारले पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रणालीमा विकास गर्ने बताएको छ । सातै प्रदेश समेटिने गरी पर्यापर्यटन विकास गर्ने सरकारले जनाएको छ । यस्तै सरकारले पुराना पदमार्गको संरक्षण गर्ने बताएको छ । सरकारले आउँदो आर्थिक वर्ष पर्यटन विकासको लागि ११ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *