सहकारी सञ्चालकको सम्पत्ति बेचेर भए पनि ५ लाखसम्मको बचत फिर्ता गर्ने

भक्तपुर न्यूज

१५ जेठ २०८१ १०:५७

सहकारी सञ्चालकको सम्पत्ति बेचेर भए पनि ५ लाखसम्मको बचत फिर्ता गर्ने

काठमाडौं । सरकारले सहकारीमा रकम बचत गरेर फिर्ता नपाएका बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ती सहकारीको सञ्चालकको सम्पत्ति बेचेर भए पनि ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गर्ने घोषणा गरे।

आउँदो आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पाँच लाख रुपैयाँसम्म रकम बचत गरेका एकाघरका बचतकर्ताको रकम फिर्ता गरिने जानकारी गराएको हो । उनले सहकारीको व्यवस्थापनका लागि नियमनकारी निकाय स्थापना गर्ने पनि बताए ।

यस्तै सरकारले पाँच लाख भूमिहीनलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने पनि घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आउँदो आर्थिक वर्षको बजेट ६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *