भारतको मिजोरममा ढुङ्गाखानीमा पुरिएर १० जनाको मृत्यु
काठमाडौं । भारतको मिजोरममा एउटा ढुङ्गाखानीमा पुरिएर १० जनाको ज्यान गएको छ । ढुङ्गाखानीमा पुरिएर केही व्यक्ति हराइरहेका छन् ।
मिजोरमको आइजोल जिल्लामा अविरल वर्षाका कारण आज बिहान ढुङ्गाखानीमा पहिरो झरेको र त्यही पहिरोमा पुरिएर १० जनाको ज्यान गएको हिन्दुस्तान टाइम्सले जनाएको छ । मिजोरमका प्रहरी महानिर्देशक अनिल शुक्लाले भग्नावशेषमा १० जना फसेको अनुमान गरिएको र उनीहरूको उद्धार भइरहेको जानकारी दिनुभएको छ । तर ठूलो पानी परिरहेकाले उद्धारमा समस्या भएको छ ।
मिजोरममा राष्ट्रिय सडक पहिरोले बगाउँदा अरू राज्यसँगको यातायात सम्पर्क टुटेको छ । बिजुली आपूर्ति पनि बन्द भएको छ । सरकारले विद्यालय बन्द गरेको छ भने अत्यावश्यकबाहेकका काम घरबाटै गर्न कर्मचारीलाई निर्देशन दिएको छ ।
प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५