भारतको तेलंगानामा गुटखा र पान मसालाको बिक्री-वितरणमा प्रतिबन्ध

भक्तपुर न्यूज

१५ जेठ २०८१ ८:३३

भारतको तेलंगानामा गुटखा र पान मसालाको बिक्री-वितरणमा प्रतिबन्ध

काठमाडौं । भारतको तेलंगाना सरकारले राज्यभरि खैनी र निकोटिन युक्त गुटखा र पान मसालाको उत्पादन, भण्डारण, वितरण, ढुवानी र बिक्रीमा एक वर्षको प्रतिबन्ध लगाएको छ । खाद्य सुरक्षा आयुक्तले जनस्वास्थ्यलाई ध्यानमा राख्दै आदेशको घोषणा गरेका भारतीय संचारमाध्यम द हिन्दूले जनाएको हो । उक्त नियम सन् २०२४ को मे २४ देखि लागू भएको छ ।

यस आदेशले आइतवार दिउँसोदेखि हैदराबादको बजारहरूलाई बाधा पुगेको थियो किनभने पान पसल मालिकहरूले उक्त नियम पालना गर्न इच्छुक भएपनि सो क्षेत्र असंगठित प्रकृतिको भएका कारण पूर्ण प्रतिबन्धमा समस्या देखिएको छ ।

प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *