विकल पौडेल अमेरिकी पिआर लिएको मुद्दामा पनि दोषी ठहर

भक्तपुर न्यूज

१५ जेठ २०८१ ८:१८

विकल पौडेल अमेरिकी पिआर लिएको मुद्दामा पनि दोषी ठहर

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल थप अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले झुटा विवरण पेस गरी लाभ लिएको अभियोगमा पौडेललाई दोषी ठहर गरेको हो । उक्त इजलासले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा अनुसार कसुर गरेको ठहर गर्दै पौडेललाई एक वर्ष कैद र १० हजार जरिवाना हुने फैसला सुनाएको छ ।

विदेशी आवासीय अनुमति पत्रधारीले नेपालको कुनै पनि सार्वजनिक पदमा रहन नपाउने कानुनी व्यवस्था विपरीत झुट्टा विवरण पेश गरी पौडेल केन्द्रको कार्यकारी निर्देशक बनेको अदालतले ठहर गरेकाे छ ।

अमेरिकाको पीआर रहेको कुरा ढाँटेर नेपालमा सरकारी पद लिएको भन्दै अख्तियार अनुसन्धान दुरुपयोग आयोगले उनी विरुद्ध गत वैशाख ९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यससँगै पौडेल प्रतिवादी रहेका चारमध्ये दुई ओटामा दोषी ठहर भएका छन् भने दुई मुद्दा विचाराधीन छन् ।

प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *