काभ्रेमा मर्निङवाकमा निस्केका एक पुरूषको मृत्यु

भक्तपुर न्यूज

१५ जेठ २०८१ ७:४२

काभ्रेमा मर्निङवाकमा निस्केका एक पुरूषको मृत्यु

काठमाडौं । काभ्रेमा मर्निङवाकमा निस्केका एक पुरूषको मृत्यु भएको छ । मंगलबार बिहान मर्निङवाकमा निस्केका बनेपा नगरपालिका-३ का ३७ वर्षीय रामप्रसाद दंगालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बाटोमा हिँड्दै गर्दा उनी सडकमै ढलेका थिए ।

मुटु रोगको बिरामी रहेका दंगालको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । बिहान धुलिखेल नगरपालिका-५ खड्पुचोकमा उनी बेहोस अवस्थामा फेला परेका थिए।

प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *