तोलामा चार सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य चार सय रुपैयाँले बढेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
