सातदोबाटोमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
काठमाडौं । ललितपुरको सातदोबाटोमा ट्रकको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु गएको छ । ना ८ छ ७५०६ नम्बरको ट्रकले ठक्कर दिँदा काभ्रे धुलिखेल बस्ने ४० वर्षकी अप्सरा दाहालको निधन भएको हो ।
ठक्करबाट घाइते भएकी उनको उपचारका लागि पाटन अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मितिः २०८१ जेठ १४ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
