ओलीमाथि कांग्रेसले लगाइएको आरोपमा माफी नमागे प्रतिवादमा उत्रिने एमालेको चेतावनी

भक्तपुर न्यूज

१४ जेठ २०८१ ७:०८

ओलीमाथि कांग्रेसले लगाइएको आरोपमा माफी नमागे प्रतिवादमा उत्रिने एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेc प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध पूर्वाग्रही बनेको आरोप लगाएको छ ।

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउन निस्कर्षमा पुग्ने भनिएको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेसले एमाले र एमालेका अध्यक्ष ओलीका बिरुद्धमा टार्गेट गरेर अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको बताए। उनले यस विषयमा कांग्रेसले माफी नमागे प्रतिवादमा उत्रिने चेतावनी दिए ।

कांग्रेसले अध्यक्ष ओलीप्रति लगाएको आरोपमा लिखित रूपमा क्षमा याचना नमागे एमाले राजनीतिक प्रतिवादमा उत्रिने चेतावनी उनकाे छ। उपाध्यक्ष पाैडेलले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन कांग्रेस तयार नरहेको आरोप लगाए।

सान्दर्भिक, अनुचित, आधारहिन, पूर्वाग्रहपूर्ण आरोप लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा कांग्रेस लागेकाे उनकाे भनाइ छ। उनले नेपाली कांग्रेसलाई आधारहीन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न आग्रहसमेत गरे।

प्रकाशित मितिः २०८१ जेठ १४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *