आईपीएलको उपाधिका लागि आज कोलकाता र हैदरावाद भिड्दै

भक्तपुर न्यूज

१३ जेठ २०८१ ५:४९

आईपीएलको उपाधिका लागि आज कोलकाता र हैदरावाद भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन्। चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुने छ।

कोलकाता समूह चरणमा शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा सनराइजर्सलाई नै पराजित गरेर फाइनलमा पुगेको हो । कोलकोता नाइट राइडर्सले अहिलेसम्म २०१२ र २०१४ मा गरी दुई पटक आइपिएलको उपाधि जितेको छ। त्यस्तै कोलकोता २०२१ मा उपविजेता बनेको थियो।

दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थान रोयल्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो। अङ्क तालिकामा दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा कोलकोतासँग पराजित भएको हैदरावादले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो।

हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आइपिएलको उपाधि जितेको छ। २०१३ देखि आइपिएल खेलिरहेको हैदरावाद २०१८ मा उपविजेता बनेको थियो।

प्रकाशित मितिः २०८१ जेठ १३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *