जिप दुर्घटना परी एक जनाको मृत्यु

भक्तपुर न्यूज

१२ जेठ २०८१ ८:२४

जिप दुर्घटना परी एक जनाको मृत्यु

काठमाडौं ।  पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नम्बर-७ स्थित मेची राजमार्गमा पर्ने हेवाखोलामा जिप दुर्घटना परी एक जनाको मृत्यु भएको छ । ताप्लेजुङबाट झापातर्फ जादैगरेको त्रिशक्ति कन्ट्रक्सनका कर्मचारीहरू बोक्ने बा. १७ च. ७९९९ नम्बरको जिप अनियन्त्रीत भएर सडकदेखि २५ मिटर तल खसेर नेपालगञ्ज निबासी बर्ष ३५ बर्षिय चालक श्याम बिकको मृत्यु भएको छ ।

शुक्रबार साँझ भएको दुर्घटनामा परी जिपमा सवार घाईतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । उक्त गाडीमा सवार रहेका ईलाम जिल्ला निवासी ३१ बर्षिय लक्ष्मण मुखिया शरीरको बिभिन्न भागमा गंम्भिर चोट लागेर थप उपचारको लागि झापातर्फ रेफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *