सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर मृत फेला

भक्तपुर न्यूज

११ जेठ २०८१ ११:२०

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर मृत फेला

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर नवीनकुमार पोखरेल मृत फेला परेका छन् । उनी भक्तपुरको लोकन्तथलीस्थित आँखा अस्पताल नजिकै घरको रेलिङमा झुन्डिएको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त थिमीका डीएसपी प्रेमसागर केसीका अनुसार प्रहरीले सुसाइट नोटसमेत फेला पारेको छ । बिहीबार बिहान मृत भेटिएपछि उनको शव भक्तपुरको केएमसी अस्पतालमा पोस्टमार्टमका लागि लगिएको थियो ।

विशेष अदालतले जेठ ८ गते पोखरेललाई ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार जरिवाना तथा बिगो बराबरको रकम असुल उपर हुने फैसला गरेको थियो ।

प्रकाशित मितिः २०८१ जेठ ११ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *