एसीसी महिला एशिया कपका लागि प्रारम्भिक टोली घोषणा

भक्तपुर न्यूज

१० जेठ २०८१ ६:२६

एसीसी महिला एशिया कपका लागि प्रारम्भिक टोली घोषणा

काठमाडौं । एसीसी महिला एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको नेतृत्वमा प्रारम्भिक टोली घोषणा गरेको हो। शुक्रबार घोषणा गरिएको प्रारम्भिक टोलीमा २८ खेलाडी परेका छन्।

कप्तान बर्मासँगै रुविना क्षेत्री, सीता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काँजल श्रेष्ठ, पूजा महतो, डोल्ली भट्ट, विन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सवनम राई, रुबी पोद्दार, खुशी डंगोल, लक्ष्मी साउँद, अलिषा खड्का, अप्सरी बेगम, करुणा भण्डारी, अस्मिता कर्माचार्य, संगीता राई, आरती महतो, सावित्री धामी, यशोदा विष्ट, सोनी पाख्रिन र हेलिषा गुरुङ छन्।

उनीहरूलाई बन्द प्रशिक्षणमा राखिने क्यानले जनाएको छ। त्यसपछि नेपाली टोली घोषणा गरिनेछ।

प्रकाशित मितिः २०८१ जेठ १० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *