बेलायतमा जुलाई ४ मा आमनिर्वाचन गर्ने प्रधानमन्त्री सुनकको घोषणा
काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मुलुकमा जुलाई ४ मा आमनिर्वाचन गर्ने घोषणा गरेका छन्। उनले भने, ‘दोस्रो विश्वयुद्धपछिको पाँच वर्ष देशका लागि सबैभन्दा चुनौतीपूर्ण रह्यो। आगामी दिनहरूमा म तपाईंका हरेक मतका लागि संघर्ष गर्नेछु। हामीसँग स्पष्ट योजना छ।’ बीबीसीका अनुसार घोषणा हुनुअघि बेलायती क्याबिनेटका मन्त्रीहरू एकपछि अर्को गर्दै प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेको देखिएको थियो।
बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका एक स्रोतले पार्टीका केही सांसदले ऋषि सुनकविरुद्ध अविश्वासको मत मागिरहेको दाबी गरेका छन्। एक सांसदले पार्टीको अहिलेको वातावरणलाई ‘आतंक’को अवस्था भनेका छन्।
प्रकाशित मितिः २०८१ जेठ १० बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५