सन्दीपलाई भिसा दिन अस्वीकार गरेकोमा अमेरिकी दूतावासले टिप्पणी नगर्ने
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको बारेमा कुनै टिप्पणी नगर्ने बताएको छ। ‘अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले हामी भिसाको कुनै केस विशेषबारे टिप्पणी गर्न सक्दैनौँ,’ दूतावासले भनेको छ।
दूतावासले संयुक्त राज्य अमेरिकामा आयोजना हुने टी–ट्वान्टी विश्वकपमा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोली, द राइनोज, को सहभागिताबारे अत्यन्तै उत्साहित रहेको बताउँदै प्रस्थानपूर्व उक्त टोलीको सराहना र प्रोत्साहन गर्न दूतावासका केही अधिकारीले केही हप्ताअघि सो टोलीसँग भेट पनि गरेका उल्लेख गरेको छ।
प्रकाशित मितिः २०८१ जेठ १० बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००